Logo

मुख्य समाचार

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न काठमाडौँ महानगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै शैक्षिक मेला नरोक्न आदेश दिएको हो । अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो ।

जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेलामा ७५ वटा शैक्षिक संस्थाले स्टल राखेका थिए । तर काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीत मेला सञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

शैक्षिक मेला काठमाडौँ महानगरले बन्द गरेपछि त्यसविरुद्ध हिसानले अदालतमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ३९ बजे