काठमाडाैं । आजदेखि भारतमा सुरु भएको साफ च्याम्पियनसिपको साविक उपविजेता नेपालले आमन्त्रित टिम कुवेतसँग ३–१ को हार बेहोरेको छ ।
भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे । नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए ।
नेपालले अब असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्ने छ । च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।
सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।
प्रतिक्रिया