Logo

कर्पोरेट

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट



काठमाडौं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटेलमा १० प्रतिशत छुट हुने भएको छ । बैंक र होटेलबीच भएको सम्झौतापछि ग्राहकले छुट पाउने भएका हुन् ।

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटेल खाना तथा पेयपदार्थमा १० प्रतिशत र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (करबाहेक)मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  १ : ५० बजे