काठमाडौं । काठमाडौँ महानगरले तोकिएको छात्रवृत्ति नदिने नीजि विद्यालयलाई एक लाख रुपैयासम्म जरिवाना तिराउने भएको छ ।
मेयर बालेन शाहका अनुसार महानगर क्षेत्रभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ ले छात्रवृत्ति विवरण बुझाएका छन् । त्यसबाट लक्षित वर्गका १३ हजार भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको शाहले जानकारी दिएका छन् ।
फेसबुकमा शाहले लेखेका छन्,‘हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइनेछ। त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’
प्रतिक्रिया