काठमाडौं । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ ।
मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो । २०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो ।
नेपालको जितमा भीम सार्कीले अविजित ७७ रन बनाए भने बलिङतर्फ करण केसी एक्लैले ४ विकेट लिए । जीतसँगै नेपालको अघिल्लो यात्रा वलियो बनेको छ । अर्को खेलमा जिम्बाब्बेसँग नेदरल्याण्ड पराजित भएको छ । यसले समेत नेपाललाई फाइदा हुनेछ ।
प्रतिक्रिया