काठमाडौँ । सरकारले धुर्मुस सुन्तली फाउण्डेशन तिर्नुपर्ने कर छुट दिने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि फाउण्डेशनले चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको हो ।
बैठकले नेपाल चीन सिमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिन्ह स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया