Logo

Breaking News 1

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरेर पेसमेकर राखिएको छ ।

मुटुको चाल कम भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको अस्पतालले जानकारी दिएको छ ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो ।

पेसमेकरले मुटुको धड्कनलाई व्यवस्थापन गर्छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ४ : ५३ बजे