काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याइएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकामा भएको सरकारी जीप दुर्घटनामा परेर मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको छ ।
मन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज ल्याइएको हो ।
प्रतिक्रिया