काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विजिनयोजन विधेयकका मन्त्रालयगत कार्यक्रमम समावेश भएको पुस्तिकाहरुमा प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि छलफल चलिरहँदा केही मन्त्रालयका कार्यक्रमको पुस्तिकामा प्रदेशको नाम अंकमा लेखिएपछि प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको थियो । यसपछि सभामुख घिमिरेले प्रदेशको नाम सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।
प्रतिक्रिया