Logo

मुख्य समाचार

उपप्राध्यापक चलाउनेले शुरु गरे अनसन



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनसन सुरू गरेका छन् । आफूमाथि कुटपिट गरेको घटनाको मुद्दा सरकारले फिर्ता गर्ने निर्णय गरेपछि त्यसको विरोध जनाउँदै उनले त्रिभुवन विश्वविद्यालय परिसरमा अनसन सुरू गरेका हुन् ।

सोमबार बिहान काठमाडौं जिल्ला अदालत परिसरमै अनसन बस्ने तयारी गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर दिउँसो छाडेको थियो । जेठ ३० गते मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीमाथि कुटपिट गरी ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो।

२०७७ साल असोज २० गते नेविसंघका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायत सात जनाले उपप्राध्यापक चलाउनेमाथि कुटपिट गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ०९ बजे