Logo

कर्पोरेट

ज्योति विकास बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको आंशिक वा पूरा सेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा के कति शेयर कित्ता सेयर खरिद गर्ने हो खुलाएर आवेदन दिन सक्नेछन् ।

बैंकका अनुसार विद्यमान संस्थापक शेयरधनीहरुबाट तोकिएको समयमा कुनै पनि आवेदन नपरेमा निर्देशिका बमोजिम सो शेयर अन्य व्यक्ति वा संस्था जो कोहीलाई बिक्री प्रक्रिया अगाडि बढाइनेछ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ५५ बजे