Logo

कोशी

कोशी सरकार र पहिचानवादी बिच बार्ता सुरू



विराटनगर । कोशी सरकार र आन्दोलनरत पहिचानवादी बिचको बार्ता सुरु भएको छ । बिराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी बार्ता सुरु भएको हो ।

सो बार्तामा सरकारको तर्फबाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन् ।

गत फागुन १७ मा बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एकजनाको मृत्युसमेत भएको थियो ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४२ बजे