काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल जिम्बावेसंग ८ विकेटले पराजित भएको छ ।
नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बाब्बेले ४४ दशमलब १ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ९९ र आसिफ शेखले ६६ रनको योगदान दिए ।
पहिलो विकेटका लागि कुशल र आसिफले ३१ दशमलब ५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुआत दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
प्रतिक्रिया