Logo

खेलकुद

आईसीसी विश्वकप छनोट : नेपालले दियाे २९१ रनकाे लक्ष्य



काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालले जिम्बाबेलाई २९१ रनकाे लक्ष्य  दिएकाे छ । घरेलु टिम जिम्बावेले हरारे स्पोट्र्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालको ओपनिङ साझेदारी उत्कृष्ट रहे पनि तल्लोक्रम धर्मराएपछि रन भने ३ सय कट्न सकेन ।

जसमा ९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन कशुलले जोडे भने आसिफले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका थिए ।

कुशल मल्लले ४२ बलमा ४१ रन बनाए । कप्तान रोहित पौडेलले २९ बलमा ३१ रन बनाएपनि त्यसपछिका ब्याटरले राम्रो खेल देखाउन सकेनन् ।

 

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ४ : २५ बजे