Logo

खेलकुद

आईसीसी विश्वकप छनोट : कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट



काठमाडौं । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपाल र जिम्बाबेबीच खेल भइरहेको छ ।

जिम्बावेस्थित हरारे मैदारनमा टस हारेर ब्याटिङ थालेको नेपालले २ विकेट गुमाइसकेको छ । नेपालका उत्कृष्ट साझेदारी गरेका कुशल भुर्तेलपछि आसिफ शेख पनि आउट भएका हुन् ।

९५ बलमा १३ चौका र २ छक्काका मद्दतमा ९९ रन जोडेर कशुल आउट भए । यसपछि आउट भएका आसिफले १०० बलमा ७ चौकाको मद्दतमा ६६ रन जोडेका छन् ।

यो समाचार तयार पर्दासम्म नेपालले ३६.५ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा १८८ रन जोडेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ३ : ०३ बजे