काठमाडौं । सरकारले असार ३ गतेबाट लागू हुने गरी ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालयहरुले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आगामी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।
राहदानी विभागले यसअघि जिल्ला प्रशासन कार्यालयहरुबाट समय–समयमा विदेश गइरहनेलाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।
प्रतिक्रिया