Logo

मुख्य समाचार

प्रधानन्यायाधीश कार्कीले आजै कार्यभार सम्हाल्ने, सपथ सवा ५ बजे



काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

संसदीय सुनुवाई समितिले कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि आजै बेलुका सवा ५ बजे सपथ लिने तय भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार सपथ सवा ५ बजे राष्ट्रपति कार्यालयमा हुनेछ । त्यसलगत्तै कार्की सर्वोच्च अदालत पुगेर कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  २ : ३५ बजे