काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटअघि भएको अन्तिम वार्मअप खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
जिम्बावेको हरारेमा बिहीबार भएको खेलमा ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको सहयोगमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको हो ।
ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा आठ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १ रन, भीम सार्कीले ५६ रन, आसिफ शेखले २३ रन बनाए ।
कप्तान रोहितकुमार पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले २६ रन बनाए भने सन्दीप लामिछानले नटआउट ६ रन बनाए । नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी, प्रतिश जिसीले समान १/१ विकेट लिए ।
प्रतिक्रिया