काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् ।
शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका हुन् ।
शब्द हटाउन ३ दिनको अल्टिमेटम दिएका शाहले भनेका छन्,‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनैपनि हिन्दी फिल्म चल्न दिइनेछैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
प्रतिक्रिया