Logo

समाचार

लमजुङमा जुवातास खेल्दै गरेका सातजना पक्राउ



लमजुङ । लमजुङ प्रहरीले दोर्दीबाट ७ जना जुवाडे पक्राउ गरेको छ । दोर्दी गापा–४ नौथर शेरा स्थित ए वान रेष्टुरेन्टबाट मंगलबार १ लाख १ हजार ६ सय २५ रुपैँया नगद सहित ७ जना जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शेरा स्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा बेलुकी ५ बजे हारजितको बाजी राख्दै जुवा (तास) खेल्दै गरेका ७ जना जुवाडे सहित सो नगद र १ सय ५२ पत्ति तास बरामद गरेको हो ।

पक्राउ पर्नेमा दोर्दी गापाकै लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ रहेका छन् । उनीहरुले मोवाईल बैँकिङ मार्फत रकम भुक्तानी गरेको भेटिएको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय लमजुङबाट जुवा सम्बन्धी कसूरमा म्याद थप लिइ अनुसन्धान अघि बढ्नेछ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ११ : ४४ बजे