काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई एक रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्ने जानकारी दिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ, अस्पतालले भनेको छ, उहाँलाई चिकित्सकहरुको सल्लाहअनुसार २४ घण्टा अवलोकनमा राखि भोलिसम्म डिस्चार्ज गर्ने तयारी रहेको जानकारी गराउँछौं ।’
गंगालालका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीसहितको टोली पौडेलको स्वास्थ्य परीक्षणमा संलग्न छ ।
प्रतिक्रिया