काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेले रेगुलर फलोअपका क्रममा अस्पताल पुगेको बताइएको छ । यसबारेमा राष्ट्रपतिको सचिवालयले सामान्य चेकजाँच मात्रै भएको बताएको छ । स्रोतका अनुसार राष्ट्रपति पौडेलको मुटुमा समस्या आएको जनाइएको छ ।
केहीसमयअघि मात्रै भारतमा उपचार गराएर फर्किएका राष्ट्रपति पौडेलको उपचार जारी रहेको बताइएको छ । यसअघि मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार समेत अस्पताल पुगेका थिए । शनिबार चेकजाँच गरेर फर्किएका पौडेल आज भने बिहान ७ बजे नै अस्पताल पुगेको जनाइएको छ ।
प्रतिक्रिया