काठमाडौं । एसीसी इमर्जिङ कपमा भोलि नेपाली महिला क्रिकेट टिमले पाकिस्तानसँग पहिलो खेल खेल्दैछ । नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रनेछ ।
हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु हुनेछ । थाइल्यान्डले भिसा प्रक्रियामा समस्या देखाउँदै सहभागिता फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।
नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङका टिम छन् । समूहबाट शीर्ष दुईमा पर्न सके नेपालले सेमिफाइनलमा स्थान बनाउने छ । नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ । असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने छ ।
प्रतिक्रिया