Logo

समाचार

काठमाडौंका दुई अस्पताल सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई अस्पताल सिल गरेको छ ।

सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवं वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ७ : ०६ बजे