काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
राष्ट्र बैंककाअनुसार अमेरिकन डलरकाे मुल्य हिजाे तुलनामा स्थिर रहेकाे छ भने युराेका भाउ १३ पैसा बढेकाे छ । जुअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४९ पैसा र बिक्री दर १६६ रूपैयाँ २४ पैसा ताेकिएकाे छ । यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।
जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेकाे छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया