काठमाडौं । नेपालमा सामान्यत जेठ अन्तिमबाट मनसुन शुरु हुने गरेको भएपनि यसपालि भने जेठ सकिनै लाग्न समेत पानी परेको छैन ।
पानी नपरेका कारण देशभर गर्मी बढेको छ । नवलपुरको दुम्कौलीमा ४४ वर्षयताकै उच्च तापक्रम मापन गरिएको छ । देका अधिकांश स्थानमा तापक्रमले रेकर्ड ब्रेक गरेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशैभर कम पानी पर्ने र सरदरभन्दा कम पानी पर्ने अनुमान गरेको छ ।
नेपालमा मनुसन सरदर एक सय दिन क्रियाशील हुने गरेको छ । यस वर्षको मनुसनबाट १२ लाख ५० हजार भन्दा बढी नागरिक प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको छ ।
प्रतिक्रिया