काठमाडौं । नेपालमा सिविन नेपालद्वारा सञ्चालित बाल हेल्पलाइन (१०९८) स्थापनाको २५ वर्ष पुगेको छ । यो अवधिमा हेल्पलाइनको माध्यमबाट सम्पर्कमा आएका २५ हजारभन्दा धेरै समस्याग्रस्त बालबालिकाको उद्धार गरिएको सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधारले जानकारी दिए ।
हेल्पलाइन स्थापनाको २५ वर्ष पुगेका अवसरमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा तुलाधरले यो अवधिमा ६ लाखभन्दा धेरै बालिबालिकाले हेल्पलाइनमा सम्पर्क गरेको बताए ।
उनले नेपालमा भूकम्प गएको वर्ष २०७२ मा सबैभन्दा धेरै एक लाख बालबालिकाले हेल्पलाइनमा सम्पर्क गरी आफ्ना समस्या टिपोट गराएको बताए ।
यो अवधिमा सिविनले ४ हजारभन्दा धेरै बालबालिकासम्बन्धी मुद्दालाई अदालतमा प्रवेश गराएको र १६ हजारभन्दा धेरैलाई पारिवारिक पुनर्स्थापना गरिएको तुलाधरले जानकारी दिए ।
बाल हेल्पलाइनका कार्यक्रम संयोजक सागर भण्डारीले बालश्रम, बालविवाह, यौन शोषण र दुर्व्यवहार, सडक बालबालिका, द्वन्द्व प्रभावित बालबालिका र बेचबिखनमा परेका बालबालिकालाई सिविनले उद्धार गरेको जानकारी दिए ।
उनले सूचना प्रविधिको बढ्दो उपयोगका कारण पछिल्लोसमय हेल्पलाइनको महत्व अझै बढे पनि कहिलेकाहीँ फोन नलाग्ने समस्याले चुनौती थपेको बताए ।
कार्यक्रमका सहभागीहरूले बालअधिकार संरक्षणका लागि राज्यसँग बलियाे संरचना हुनुपर्ने र हेल्पलाइनकाे पहुँच बढाउन प्रचारप्रसारमा अझ बढी जाेड दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया