Logo

Breaking News 1

पानी पर्ने आसामा भ्यागुताको विवाह



चितवन। भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ ।

लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।

आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो ।

बाजागाजा र नाँचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो ।

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ५ : ५६ बजे