काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक हिन्दुहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथ मन्दिर पुगेका छन् । दाहाल यसअघि सार्वजनिक रुपमा कहिलै पनि पशुपतिनाथ मन्दिर प्रवेश गरेका थिएनन् ।
भारत भ्रमणका बेलामा मध्यप्रदेशको महालेश्वर मन्दिरमा विषेश पुजाआजा गरेका दाहाल आराध्यदेव पशुपतिनाथको मन्दिर नपुगेको भन्दै आलोचना भएको थियो ।
प्रधानमन्त्री भएपछि पहिलोपटक दौरा सुरुवाल लगाएका दाहाल पशुपतिनाथको मन्दिरमा पुगेपछि उनको प्रशंशा समेत शुरु भएको छ ।
तस्विर : प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया