काठमाडौं । यूरोप भ्रमणमा रहेका पूर्व परराष्ट्रमन्त्री एवं संघीय सांसद डाक्टर नारायण खड्काले अष्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् ।
भेटका अवशरमा दुई कार्यकाल राष्ट्रपति निर्वाचित भएका फिसरले नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री विपी कोइरालालाई त्यस समयका अष्ट्रियाका सोसलिष्ट पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्रीले कोईरालाको अष्ट्रिया भ्रमणका क्रममा भीयना एअरपोर्टबाट उनको अनुरोधमा घरमा राखेको स्मरण गरेका थिए ।
उनी विपीका असल मित्र रहेको पनि बताएका छन । भेटमा डाक्टर खड्काले विपी कोईरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्वन्ध विस्तारका लागि पर्यटन, जलविद्युत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गरे ।
सन् १९९८ देखि बन्द भएको अष्ट्रियन एअरलाईन्सको नेपाल उडान पून सुचारु गर्न समेत खड्काले अष्ट्रियाको सरकारलाई अनुरोध गरिदिन आग्रह समेत गरेका छन ।
जवाफमा फिसरले युक्रेन संकट र यूरोपेलीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टान्तका साथ निकै रोचक घटनाहरू उल्लेख गरेका थिए । त्यस्तै उनले नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयहरूलाई आफ्नो सरकारसँग अनुरोध गरिदिने आश्वासन समेत दिए । उक्त भेटवार्तामा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी पनि उपस्थित थिए ।
प्रतिक्रिया