Logo

मुख्य समाचार

स्थगित प्रतिनिधिसभा बैठक सुरू


२६ जेष्ठ २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । स्थगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित भएपछि १५ मिनेटका लागि सथगित गरिएको प्रतिनिधिसभा बैठक सुरु भएको हो ।

संघीय संसदको दुवै सदनमा अर्थमन्त्री डा प्रशारण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आय र व्ययको अनुमानित विवरणमाथि छलफल चलिरहेको छ ।

राष्ट्रिय सभामा छलफलमा क्रममा सदस्यहरुले उठाएका प्रश्नको अर्थमन्त्री महतले शुक्रबार जवाफ दिने कार्यक्रमअनुसार उनी प्रतिनिधिसभामा अनुपस्थित भए ।

जसलाई रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाएपछि प्रतिनिधिसभा बैठक शुक्रबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरिएको थियो । स्थगित प्रतिनिधिसभा बैठक सुरु भएको छ र उक्त विवरणमाथिको छलफलमा रास्वपा सांसद स्वर्णिम वाग्ले सहभागी भएका छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ३ : ३२ बजे