Logo

मुख्य समाचार

लुम्बिनी प्रदेशले ल्यायो नीति तथा कार्यक्रम


२६ जेष्ठ २०८०, शुक्रबार  

46
Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।

कृषि क्षेत्रकाे व्यवसायीकरण गर्दै स्थानीय उत्पादनका सामाग्रीकाे ब्राण्डिङ्ग गर्दै साना प्रशाेधन उद्योग स्थापना गरेर स्थानीयस्तरमा राेजगारी सृजना लगायतकाे बिषयलाई प्राथमिकता दिइएको छ ।

प्रदेशबासीकाे आवश्यकता बमाेजिम सीप तथा क्षमता विकास, राेजगारी सिर्जना, आयआर्जन बृद्धि गर्दै जीवनस्तरमा दिगाे सुधार एवम् उत्पादन र उत्पादकत्व बृद्धिकाे माध्यमबाट आत्मनिर्भर, समृद्ध र समुन्नत प्रदेश बनाउन रणनीति प्राथमिकमा केन्द्रित हुनेगरी कार्यक्रम चलाइने भएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ३ : ११ बजे