Logo

Breaking News 1

जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति


२६ जेष्ठ २०८०, शुक्रबार  

69
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदमा रेकर्डवाट हटाउने परम्परा अन्त्य हुनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद खतिवडा जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट हटने छैन् ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ५२ बजे