Logo

अर्थ

कामना सेवा विकास बेैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबीच सम्झौता


२६ जेष्ठ २०८०, शुक्रबार  

92
Shares

काठमाडौ। कामना सेवा विकास बैंक र मुस्ताङ होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता आज सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो ।

सो सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  १२ : ३६ बजे