काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महत जेठ १५ गते बजेट पढ्दै गर्दा एउटा बुँदा आफैं हाँसे । लगत्तै संसद नै हाँसोमय बनेको थियो । अर्थमन्त्री र संसद नै हाँसोमय भएको बजेटको बुँदा नम्बर १०५ मा लेखिएको छ, ‘औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिनेछ ।’
गाँजा खेतीको विषयमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमै अर्थमन्त्रीलाई व्यंग्य गर्दै भने, ‘के भातको सट्टा गाँजा खान मिल्छ ? कसले दिन्छ तपाईंलाई यस्तो बुद्धि ?’
साँच्चै अर्थ मन्त्रालयलाई कसले दियो यस्तो बुद्धि ?, कसरी समेटियो बजेटमा गाँजा खेती ? अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले यो विषय कुनै पनि मन्त्रालयबाट सिफारिससमेत भएर नआएको बताएका छन् ।
प्रतिक्रिया