Logo

Breaking News 1

नेपालमा ४३ वर्षयताकै उच्च तापक्रम, गर्मी अझै बढ्ने



काठमाडौं । देशभर गर्मी बढेको छ । प्रि मौसम शुरु नभइसकेकाले देशैभर गर्मी बढेको हो । जल तथा मौसम विभागका अनुसार देशका विभिन्न स्थानमा तापक्रमले रेकर्ड ब्रेक गरेको छ । देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले अघिल्लो उच्च रेकर्ड तोडेका छन् ।

विभागका अनुसार बुधबाुर नवलपुरको दुम्कौलीको तापक्रम देशकै उच्च रहेको छ । दुम्कौलीको तापक्रम बुधबार ४३ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । जहाँको तापक्रम यसअघि सन् १९७९ मा सबैभन्दा धेरै ४३ दशमलव ७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

विभागका अनुसार इलाम चिया वगानको तापक्रम २९ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १० : ०० बजे