Logo

Breaking News 1

कोशी प्रदेशको आन्दोलनबारे ओलीको उत्तेजक टिप्पणी



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा सत्ता संरक्षणमा पहिचानवादीको आन्दोलन शुरु भएको आरोप लगाएका छन् । उत्तेजक भाषण गरेका ओलीले पहिचानवादीलाई गुण्डाहरुको संज्ञा दिदै एमालेका नेतामाथि आक्रमण गरेको भन्दै अब चूप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बिहीबार एमाले मुख्यालय च्यासलमा केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ताको संरक्षण रहेका पहिचानवादी भनिने गुण्डाहरुले आफ्ना नेतालाई मोबिल छर्केर आगो लगाउने र हत्या गर्ने प्रयास गरेको आरोप समेत लगाए ।

उनले आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले समक्ष रहेकाले तयारीका साथ जवाफ दिने चेतावनी समेत दिए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ९ : ०५ बजे