Logo

अर्थ

हिमालयन क्यापिटल : सिटिजन्स बैंकको ऋणपत्र बिक्री प्रबन्धक



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्न हिमालयन क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । ‘१० प्रतिशत सिटिजन बैंक ऋणपत्र २०८०’ जारी गर्न बैंकले हिमालयन क्यापिटललाई बुधबार बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

सम्झौतापत्रमा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् भने बैंकले प्रतिऋणपत्र अंकित मूल्य एक हजार रुपैयाँका दरका जम्मा तीन अर्ब रुपैयाँ रकम बराबरको ३० करोड कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।

सिटिजन्स बैंकको देशभर १८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ्ग इकाई छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार  ६ : ०१ बजे