पोल्यान्ड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्र मन्त्री डा. नारायण खड्का साताव्यापी युरोप भ्रमणमा रहेका छन । भ्रमणका क्रममा पूर्व परराष्ट्र मन्त्री तथा संघीय सांसद डा. नारायण खड्काले पोल्यान्डको राष्ट्रिय सभा (सिनेट) का अध्यक्ष डा. तोमास ग्रोश्की तथा उधोग व्यापार संघका प्रतिनिधिमण्डलसंग भेटवार्ता गरेका छन ।
भेटको अवसरमा सन् १९५९ नोभेम्बरमा स्थापित दुई देशबीचको सम्वन्धलाई घनीभूत बनाएर लैजाने विषयमा छलफल भएको छ । साथै सोही सन्दर्भमा व्यापार, पर्यटन, विदेशी लागनी र विधार्थीहरुलाई पहिला दिदै आएको छात्रवृत्ति पून शुरु गर्ने साथै सन् १९७५ नेपालमा मा स्थापना भएको पोल्यान्डको दुतावास (जुन केही वर्ष अघि बन्द भएको) पून शुरु गर्ने विषयमा कुराकानी हुँदा पूर्व मन्त्री खड्काले अनुरोध गरेका छन । त्यस्तै डा. खड्काले पोल्यान्डको उधोग तथा व्यापार संघका प्रतिनिधी र पदाधिकारीसंगको भेटमा नेपाल र पोल्याण्डबीच व्यापार र लगानी बढाउनेबारे छलफल गरेका छन ।
जवाफमा उनीहरुले भारत र अन्य दक्षिण एसियाली मुलुकहरुसंग व्यापार र लगानी बढ्दै गएको सन्दर्भमा अब नेपालमा पनि आफुहरु यही वर्ष आउन सक्ने र नेपालका उधोगी र व्यापारीसँग छलफल गर्ने बताएका छन । उक्त भेटको अवसरमा पोल्यान्डको सिनेटको अन्तराष्ट्रिय सम्बन्धका निर्देशक तथा पोल्यान्डका लागि नेपालका वाणिज्य दुत डा. वोधराज सुवेदी र एनआर एन पोल्यान्डका महिला विभाग अध्यक्ष डा. एलिना सुवेदी पोख्रेलको पनि उपस्थिती रहेको थियो ।
प्रतिक्रिया