Logo

Breaking News 1

प्रतिनिधिसभा बैठक सर्‍यो



काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकको समय परिवर्तन गरिएको छ ।

मंगलबार बिहान ११ बजे डाकिएको बैठक दिउँसो १ः३० बजेका लागि सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

मंगलबार ११ बजेको प्रतिनिधिसभा बैठक विशेष कारणवस उक्त समयमा बस्न नसक्ने भएकाले आजै १ः३० बजे बस्ने गरी सभामुख देवराज घिमिरेले सारेको उनले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  १ : १० बजे