काठमाडौं । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुँदैछ । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन् लागेको हो ।
सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ । सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन् भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन् ।
यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया