काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका १० जना भारतीयमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
आज भएको थुनछेक बहशपछि पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो ।
तर उनका बुबा भरतप्रसाद गुप्तासहित ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता जेल चलान भएका हुन् ।
यही प्रकरणमा भरत शाह कलवार, रोहितकुमार शाह, अनिलकुमार शाह र भोला भनिने सुनिल शाह कलवार अझै फरार छन् ।
प्रतिक्रिया