Logo

समाचार

नेकपा एस छाडेका न्यौपाने एमालेमा फर्किए



काठमाडौं । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षबाट राजीनामा दिएका केदार न्यौपाने एमालेमै फर्किएका छन् । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल पुगेर उनी एमालेमा फर्किएका हुन् ।

न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाललगायतका नेताहरूले एमालेमा स्वागत गरे ।

केही समय अगाडि मात्रै नेकपा एकीकृत समाजवादी छाडेर नेता मुकुन्द न्यौपाने पनि एमालेमा फर्किएका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३२ बजे