Logo

लुम्बिनी प्रदेश

पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु



काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो । मृतकहरूको शव पोष्टमर्टमको लागि बुटवल पठाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : २८ बजे