काठमाडाैं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले अदालतमा इन्कारी बयान दिएका छन् ।
जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् । बयानमा खाँणले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको आरोपमा सत्यता नरहेको बताएका छन् ।
उनले बयानमा नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी केशव दुलालसँग भेट भएको भन्दै पाण्डेले लगाएको आरोप झुटो भएको जिकिर गरेका छन् ।
प्रतिक्रिया