Logo

समाचार

लागु औषधसहित ३ जना पक्राउ


१९ जेष्ठ २०८०, शुक्रबार  

69
Shares

दाङ । घोराही उपमहानगरपालिका-१५ अपसरा होटलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय राजन नेपालीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा होटलमा बसिरहेका उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ३ : ०५ बजे