काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
सांसदहरु डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनिष झा, असिम साह, गणेश पराजुली, डा.तोसिमा कार्की लगायतका सांसदहरुले संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा निर्वाचन क्षेत्रमा सांसदको योजनामा बजेट दिने गरी प्रति निर्वाचन क्षेत्र ५ करोड छुट्याइएको छ ।
असहज आर्थिक परिस्थितिमा यस्तो विवादित कार्यक्रम ब्यूँताएर नेपाली जनतामा आर्थिक भार थप्ने काम गरेको भन्दै रास्वपा सांसहरुले यो कार्यक्रममाथि संसदमा छलफल गराउन खोजेको बताएका छन् ।
प्रतिक्रिया