Logo

Breaking News 1

फेवातालको चारकिल्लाभित्र डोजर नचलाउन अदालतको आदेश



काठमाडौं । फेवातालको चार किल्लाभित्र कुनै प्रकारको व्यक्तिगत वा संस्थागत निर्माण कार्य नगर्न उच्च अदालत पोखराले बिहीबार अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तालको सिमानाभित्र कुनै प्रकारले डोजर चलाउने कार्य गर्न नदिन पोखरा महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

फेवातालको सिमसार क्षेत्रमा डोजर र टिपरको प्रयोग गरी जथाभावी जग्गा पुरेर घडेरी बनाउने क्रम बढेपछि अधिवक्ता मनोज घर्ती मगरले अतिक्रमण रोक्न माग गर्दै बुधबार रिट दायर गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ८ : ५४ बजे