Logo

Breaking News 1

चुडामणि शर्मासहित ३ पदाधिकारी कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा दोषी ठहर



काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

सरकारले गठन गरेको कर फर्छ्यौट आयोगमार्फत व्यापारीहरुलाई कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुको सजाय भने निर्धारण भएको छैन । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले आगामी २५ गते सजाय निर्धारणका लागि पेशी तोकिएको बताए । ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था भएकाले २५ गतेका लागि छुट्टै पेशी तोकिएको हो । साेही आधारमा उनीहरुलाई कम्तीमा ३ वर्ष कैद सजाय हुनेछ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ६ : ११ बजे