काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भ्रमणका लागि भारत पुगेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत पुगेका छन् ।
लामिछाने पत्नी निकिता पौडेलसँगै भारत भ्रमणमा निस्केका हुन् । रवि मुम्बई गएको जानकारी पार्टीका नेताहरुलाई दिएको बताइएको छ ।
यसअघि जेठ पहिलो साता विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रल्हाद दामोदर मोदीसँग रविले काठमाडौंमा भेट गरेका थिए ।
प्रतिक्रिया